+

नेपालमा एक दिनमा सबैभन्दा धेरै रक्तदानको रेकर्ड

२०८२ भदौ  १२ गते १६:५१ २०८२ भदौ १२ गते १६:५१
नेपालमा एक दिनमा सबैभन्दा धेरै रक्तदानको रेकर्ड

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ ६ गते विश्व बन्धुत्व दिवसको अवसरमा नेपालमा एकै दिन ५०४७ पिन्ट रगत संकलन भएको छ।
  • यो रक्तदान अभियान ब्रह्माकुमारीज संस्थाको अगुवाइमा नेपाल–भारतभरका शाखाहरूले सञ्चालन गरेका थिए।

काठमाडौं । नेपालमा एकैदिन सबैभन्दा ठूलो रक्तदान भएको छ । विश्व बन्धुत्व दिवसको अवसरमा यही भदौ ६ गते एकै दिन ५०४७ पिन्ट रगत संकलन भएको हो । यति धेरै मात्रामा एकै दिन रक्तदान भएको नेपालको इतिहासमै पहिलो भएको दावी गरिएको छ ।

ब्रह्माकुमारीज संस्थाको अगुवाइमा नेपालमा विभिन्न शहरमा आयोजित रक्तदानबाट अभियानबाट यति ठूलो मात्रामा रगत संकलन गरिएको आयोजकले जानकारी दिएका छन् ।

आयोजक अनुसार यो अभियान ब्रह्माकुमारीजका नेपाल–भारतभर फैलिएका शाखाहरूले सञ्चालन गरेको थियो । यसमा विभिन्न सामाजिक संघ–संस्थाहरूको सहकार्यमा सहकार्य समेत थियो ।

यस अभियानको शुभारम्भ भादौ १ गते ललितपुरबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेल गरेका थिए ।

हाँबाट कति पिन्ट रगत संकलन भयो ?

काठमाडौं क्षेत्र : १,७४५ पिन्ट

विराटनगर क्षेत्र : १,३०२ पिन्ट

नारायणगढ क्षेत्र :  ८१२ पिन्ट

नेपालगञ्ज क्षेत्र : २५६ पिन्ट

बीरगंज क्षेत्र : २२० पिन्ट

पोखरा क्षेत्र : १४९ पिन्ट

दाङ क्षेत्र : १३७ पिन्ट

बुटवल क्षेत्र : १२१ पिन्ट

हेटौंडा क्षेत्र : ११३ पिन्ट

जनकपुर क्षेत्र : १०० पिन्ट

भैरहवा क्षेत्र : ६७ पिन्ट

राजविराज क्षेत्र : २५ पिन्ट

कुल संकलन : ५०४७ पिन्ट

रक्तदान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय