+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

लालपुर्जा नेपालको दशैं अफर, घर किन्दा विदेश भ्रमणको मौका

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १४ गते २१:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रियल इस्टेट कम्पनी लालपुर्जा नेपालले दशैं लक्षित घर खरिदमा विशेष अफर सार्वजनिक गरेको छ।
  • दुई करोडभन्दा कम मूल्यको घर खरिद गर्नेले तीन महिना खानेपानी र बिजुली निःशुल्क पाउनेछन्।
  • तीन करोडभन्दा बढी मूल्यको घर खरिद गर्नेले तीन रात चार दिनको अन्तर्राष्ट्रिय भ्रमण प्याकेज प्राप्त गर्नेछन्।

१२ भदौ, काठमाडौं । रियल इस्टेट कम्पनी लालपुर्जा नेपालले यस वर्षको दशैंलाई लक्षित गर्दै घर खरिदमा विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले विभिन्न मूल्यका घर खरिद गर्ने ग्राहकका लागि आकर्षक सुविधा उपलब्ध गराउने घोषणा गरेको हो।

दुई करोड रुपैयाँभन्दा कम मूल्यको घर खरिद गर्नेले तीन महिना खानेपानी र बिजुली निःशुल्क पाउनेछन्। तीन करोड रुपैयाँभन्दा कम मूल्यमा घर किन्ने ग्राहकलाई वाशिङ मेसिन वा फ्रिज उपहार दिइनेछ। त्यस्तै, तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घर खरिद गर्नेले तीन रात चार दिनको अन्तर्राष्ट्रिय भ्रमण प्याकेज प्राप्त गर्नेछन्।

लालपुर्जासँग काठमाडौं, ललितपुर, भक्तपुर र बुढानिलकण्ठ क्षेत्रमा गरी दुई हजारभन्दा बढी सम्पत्ति सूचीबद्ध छन्।

कम्पनीले दशैं लक्षित यो अफरले नयाँ घर किन्दा सुरुवाती खर्च व्यवस्थापनमा सहयोग गर्ने र चाडपर्वलाई अझ रमाइलो बनाउने विश्वास व्यक्त गरेको छ।

लालपुर्जा नेपाल हाल पाँच शाखाबाट सेवा दिइरहेको छ। कम्पनीसँग १० हजारभन्दा बढी सम्पत्ति सूचीबद्ध छन् र कानुनी परामर्श तथा छिटो लोन सुविधा पनि उपलब्ध गराउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?