+
+
Shares

उषा गजुरेलको ‘पप्पी देउ न’ टिकटकमा हिट

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १५ गते ८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उषा गजुरेलको यो पहिलो स्वर, शब्द र सङ्गीत रहेको गीत हो, जसको एरेन्जर श्याम स्वयत रसाइली र निर्देशक मौसम हिमाली हुन्।

पछिल्लो समय लोक तथा आधुनिक गीतमा चर्चा कमाएकी गायिका उषा गजुरेलको ‘पप्पी देऊ न’ गीत छोटो समयमै निकै लोकप्रिय बनेको छ ।

भदौ ८ गते उनको आफ्नै युट्युब च्यानल उषा गजुरेल अफिसियलबाट सार्वजनिक भएको ‘ड्युटी हुँदा कामतिरै बलगर छुट्टी हुँदा नर्बिसी कलगर……. गीतमा एक हप्तामै झण्डै सातहजार टिकटक बनेका छन् ।

दुई दर्जन बढी गीतमा स्वर दिएकी गायिकागजुरेलको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको ‘पप्पी देउ न’ गीत सातौँ हो । तर उनको आफ्नै स्वर, शब्द र सङ्गीत रहेको यो पहिलो गीत रहेको उनले बताइन् ।

यसअघि उनले सोझो पल्कियो, मौसम, बटुवा, श्वास, हजुरकै मायाले, ‘मायाको सम्झना दिनमा लाखचोटी’ लगायतका गीति एल्वम बजारमा ल्याइसकेकी छन् ।

‘पप्पी देऊ न’ गीतको एरेन्जर श्याम स्वयत रसाइली हुन भने कोरियोग्राफर/निर्देशक मौसम हिमाली हुन् । त्यसैगरी गीतमा सुन्दर घलान र जुना विश्वकर्माको नृत्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?