+

टी-२०आई क्रिकेटबाट मिचेल स्टार्कले लिए सन्यास

२०८२ भदौ  १७ गते ७:५७ २०८२ भदौ १७ गते ७:५७
टी-२०आई क्रिकेटबाट मिचेल स्टार्कले लिए सन्यास

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाका पेस बलर मिचेल स्टार्कले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् र अब टेस्ट तथा एकदिवसीय क्रिकेटमा ध्यान दिने बताएका छन्।
  • स्टार्कले सन् २०१२ मा पाकिस्तानविरुद्ध डेब्यु गरेका थिए र ६५ टी-२० खेलमा ७९ विकेट लिएर अस्ट्रेलियाका दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्।
  • उनी आगामी टेस्ट सिरिजहरू, भारत भ्रमण, एशेज र सन् २०२७ को एकदिवसीय विश्वकपमा ध्यान दिने र आईपीएल तथा घरेलु प्रतियोगितामा पनि खेल्ने योजना बनाएका छन्।

१७ भदौ, काठमाडौं । अस्ट्रेलियाका स्टार पेस बलर बलर मिचेल स्टार्कले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। उनले अब टेस्ट र एकदिवसीय क्रिकेटमा मात्र ध्यान दिने बताएका छन्।

३५ वर्षीय स्टार्कले सन् २०१२ मा पाकिस्तानविरुद्ध डेब्यु गरेका थिए। ६५ खेलमा उनले ७९ विकेट लिँदै अष्ट्रेलियाको दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। उनी एडम जाम्पाभन्दा मात्र पछाडि मात्र छन्।

स्टार्क पाँच टी-२० विश्वकपमा खेलेका थिए र सन् २०२१ मा दुबईमा भएको प्रतियोगितामा अस्ट्रेलियालाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

उनी आगामी टेस्ट सिरिजहरू, विशेष गरी भारत भ्रमण तथा एशेज र सन् २०२७ को एकदिवसीय विश्वकपमा ध्यान दिन चाहन्छन्। साथै, आईपीएल र अन्य घरेलु प्रतियोगितामा पनि खेल्ने योजना छ।

स्टार्कले भनेका छन्, ‘टेस्ट क्रिकेट मेरो पहिलो प्राथमिकता हो। टी-२० खेल्दा निकै रमाइलो भयो, विशेषगरी २०२१ को विश्वकप। तर अब म ताजा र फिट रहँदै दीर्घकालीन योजनामा ध्यान दिन चाहन्छु।’

मिचेल स्टार्क
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय