+
फिफा विश्वकप छनोट :

मेस्सीको दुई गोलमा अर्जेन्टिनाले भेनेजुएलालाई हरायो

२०८२ भदौ  २० गते ७:२३ २०८२ भदौ २० गते ७:२३
मेस्सीको दुई गोलमा अर्जेन्टिनाले भेनेजुएलालाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटअन्तर्गत अर्जेन्टिनाले घरेलु मैदानमा भेनेजुएलामाथि ३-० को जित निकालेको छ।
  • अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले २ गोल गरे भने लाउतारो मार्टिनेजले १ गोल गरे।
  • यो खेल मेस्सीको घरेलु मैदानमा विश्वकप छनोट अन्तिम खेल मानिएको छ र अर्जेन्टिना शीर्ष स्थानमा छ।

२० भदौ, काठमाडौं । स्टार स्ट्राइकर लियोनल मेस्सीको २ गोल मद्दतमा फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार विहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलामाथि ३-० को जित निकालेको छ ।

घरेलु मैदानमा अर्जेन्टिनाको जितमा मेस्सीको २ गोलसँगै लाउतारो मार्टिनेजले पनि १ गोल गरे ।

खेलको ३९औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७६औं मिनेटमा लाउतारोले गोल गरे।

८०औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको ३-० को जित पक्का गरे ।

छनोटको तालिकामा शीर्षस्थानमा रहेको अर्जेन्टिना यसअघि नै विश्वकपमा छनोट भइसकेको छ ।

अर्जेन्टिनाका लागि विश्वकप छनोटको यो अन्तिम ‘होम’ खेल थियो । मेस्सीको पनि घरेलु मैदानमा करियरकै अन्तिम खेल मानिएको छ ।

अर्जेन्टिना फुटबल लियाेनल मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय