News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह 'के' को दोस्रो खेलमा आज सिरियासँग खेल्दै छ।
- नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग ४-० गोलअन्तरले पराजित भएको थियो भने सिरियाले फिलिपिन्सलाई २-१ गोलअन्तरले हराएको छ।
- नेपालले आजको खेल जित्नुपर्नेछ र २४ भदौमा फिलिपिन्ससँग अन्तिम खेल खेल्नेछ।
२१ भदौ, काठमाडौं । ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह ‘के’ को आफ्नो दोस्रो खेलमा नेपालले आज सिरियासँग खेल्दै छ ।
ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेदेखि सुरु हुनेछ ।
नेपाल यसअघि पहिलो खेलमा आयोजक ताजिकिस्तानसँग ४-० गोलअन्तरले पराजित भएको थियो । सिरियाले भने फिलिपिन्सलाई २-१ गोलअन्तरले हराएको छ ।
नेपाल यू-२३ टिमका कप्तान आयुष घलान एएफसीको एक खेल निलम्बनका कारण ताजिकिस्तान विरुद्धको खेलमा मैदान उत्रन पाएनन् ।
आजको खेलमा भने कप्तानको भूमिकामा फर्किएर मैदान उत्रने छन् । अघिल्लो चरणको सम्भावना कायमै राख्न नेपाललाई यस खेल जित्नुपर्नेछ ।
नेपालले यसपछि २४ भदौमा फिलिपिन्ससँग खेल्नेछ ।
नेपाली टोली :
गोलकिपर : कृशल मोक्तान, अमित टमाटा, विशाल केसी
डिफेण्डर : विवेक गुरुङ, बिशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु, सेमान्ता थापा
मिडपिल्डर : अभिषेक स्याङ्तान, आयुष घलान, एरोन थापा, निराज कार्की, दिपेश गुरुङ, कृतिश रत्न चुन्जु, पुजन थापा, संजीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ
फरवार्ड : रोहन खड्गी, निराजन धामी
प्रतिक्रिया 4