+
+
Shares

रुपन्देही-३ का आकांक्षी उम्मेदवारको नतिजा सार्वजनिक नगरेकोमा गणेश कार्कीको प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २१ गते १०:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही–३ को उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचनको नतिजा सार्वजनिक नगरेकोमा केन्द्रीय सदस्य गणेश कार्कीले प्रश्न उठाएका छन्।
  • रास्वपाले भदौ १२ र १३ गते प्रारम्भिक निर्वाचन गरी डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय भदौ १५ गते सार्वजनिक गरेको थियो।
  • रास्वपाका २७१६ सदस्यमध्ये १५६७ ले मतदान गरेका थिए र पार्टीले आवश्यक परे मत परिणाम सार्वजनिक गर्न सक्ने जनाएको छ।

२१ भदौ, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले रुपन्देही–३ का आकांक्षी उम्मेदवारको प्रारम्भिक निर्वाचनको नतिजा सार्वजनिक नगरेकोमा प्रश्न उठाएका छन् ।

आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि ९ जना आकांक्षीबाट एकजना उम्मेदवार छनोट गर्न रास्वपाले भदौ १२ र १३ गते पार्टीभित्र प्रारिम्भक निर्वाचन गरेको थियो ।

पार्टीले भदौ १५ गते साँझ डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेको थियो । यद्यपि कुन आकांक्षीले कति मत पाए भन्ने सार्वजनिक गरिएको थिएन ।

प्रारम्भिक निर्वाचनको अंकभार ५० रहेको थियो । मत सार्वजनिक नगरेकामा ९ जनामध्ये केही आकांक्षी पनि असन्तुष्ट थिए । तर, मुख खोल्न सकेका थिएनन् ।

केन्द्रीय सदस्य कार्कीले प्रारम्भिक निर्वाचनको मत सार्वजनिक नगरेर पार्टी आफ्नै चरित्रबाट भागे जस्ता देखिएको टिप्पणी गरेका छन् । ‘चुनाव बलियो हो भन्ने हामी रास्वपा समेत प्रारम्भिक चुनावको नतिजा सार्वजनिक नगरेर आफ्नै चरित्रबाट भागे जस्ता देखिदैछौँ’, केन्द्रीय सदस्य कार्कीले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

कार्कीले मिसन ८४ भनेर मुखले मात्र नागरिकलाई चुनाव र संसदको विश्वास दिलाउन नसकिने उल्लेख गरेका छन् ।

कार्कीले मिसन ८४ भन्नुको अर्थ सरकार चलाउनेप्रतिको आक्रोशलाई मतपेटिकामा पोख्ने र त्योदेखि सकारात्मक परिवर्तन ल्याउने भन्ने हो भनेका छन् । ‘आन्दोलन भन्दा चुनाव र सडक भन्दा संसद बलियो बनाउने भन्ने कुरा हो’, उनको तर्क छ ।

रुपन्देही ३ मा रास्वपाका २७१६ जना पार्टी सदस् मध्ये १५६७ मत खसेको थियो । क्षेत्रका सदस्यहरू मध्ये ११४९ जना प्रारम्भिक मतदानमा सहभागी भएका थिएनन् । ६२ जना केन्द्रीय समिति सदस्यहरूमा २७ जनाले मात्रै मत दिएका थिए ।

आकांक्षीहरूमा केन्द्रीय सदस्य कुसुम महर्जन, क्षेत्रीय सभापति अर्याल, सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल,  जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल थिए ।

पार्टी जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माले मतदानका लागि प्रयोगमा ल्याइएको प्रणालीमा केही प्राविधिक समस्या समस्या देखिएको स्वीकारेका थिए । एकजना आकांक्षीले भने प्रारम्भिक मतदानका क्रममा युजर आइडी र पासवोर्ड दुरुपयोग गरिएको गुनासो गरेका थिए ।

पार्टीले प्राइमरी इलेक्सनको ५० तथा  लिडरसिप एकेडेमीको २५, पोलिटिकल प्रोक्सिमिटीको २० र समावेशिताको ५ अंक भार राखेको थियो ।

प्राइमरी इलेक्सनमा निर्वाचन क्षेत्रका पार्टी सदस्य, तहगत समितिका सदस्य र केन्द्रीय समिति सदस्यतले मतदान गरेका हुन् ।

सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यको मतदानको ८० अंक, क्षेत्रभित्रका मतदाता रहेका पार्टीका तहगत समिति सदस्यको मतदानको १० अंक र केन्द्रीय समिति सदस्यको मतदानको १० अंकभार रहेको थियो । पार्टी सदस्यको मतदानमा २६ साउनसम्म पार्टी सदस्यता लिएकाले मात्र मतदानमा भाग लिन पाउने व्यवस्था गरिएको थियो ।

रास्वपा रुपन्देही सभापति डा. शर्माले आवश्यक परे पार्टीले प्राइमरी इलेक्सनको मत परिणाम सार्वजनिक गर्न सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?