+

नेपाल र बंगलादेशबीचको खेल गोलरहित बराबरीमा टुंगियो

२०८२ भदौ  २१ गते १९:२९ २०८२ भदौ २१ गते १९:२९
नेपाल र बंगलादेशबीचको खेल गोलरहित बराबरीमा टुंगियो

२१ भदौ, काठमाडौं । नेपाल र बंगलादेशबीच शनिबार भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा शनिबार साँझ सम्पन्न खेलमा दुवै टोलीबाट कुनै गोल निस्कन सकेन ।

खेल अवधिभर दुवै टोलीले गोल गर्ने केही सुन्दर अवसर प्राप्त गरेका थिए । तर दुवै टोली फिनिसिङमा कमजोर देखिए ।

अब दुई टोलीबीच मंगलबार दोस्रो मैत्रीपूर्ण खेल‌ हुनेछ । उक्त खेलमा स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउट‌ हुनेछ ।

एन्फाले दुई खेलपछि समग्र‌ नतिजाका आधारमा विजेता घोषणा गरी ट्रफी प्रदान गर्ने बताएको थियो ।

नेपाल बंगलादेश

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय