+

पोखरा एभेन्जर्सका सञ्चालक त्रिपाठीले गरे जन्मदिनमा अक्षयकोष स्थापना

२०८२ भदौ  २२ गते १७:२९ २०८२ भदौ २२ गते १७:२९
पोखरा एभेन्जर्सका सञ्चालक त्रिपाठीले गरे जन्मदिनमा अक्षयकोष स्थापना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा एभेन्जर्सका सञ्चालक पुष्पराज त्रिपाठीले जन्मदिनमा रु. १ लाख १ बराबर अक्षयकोष पोखराको लेखनाथ आधारभूत विद्यालयमा स्थापना गर्नुभएको छ।
  • कार्यक्रममा सात जना विद्यार्थीलाई विद्यालय पोसाक र ३२ जना विद्यार्थीलाई ट्र्याकसुट सेट वितरण गरिएको थियो।
  • लायन्स डिस्टिक ३२५ ए–एम नेपालका डिस्टिक गभर्नर पिमजेफ धनिराम बराल प्रमुख अतिथि हुनुहुन्थ्यो।

२२ भदौ, काठमाडौं । एनपीएल टिम पोखरा एभेन्जर्सका सञ्चालक एवम् लायन्स क्लब अफ पोखरा कालिका भ्यू टाउनका अध्यक्ष पुष्पराज त्रिपाठीले जन्मदिनको अवसरमा रु. १ लाख १ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन्।

पोखरा महानगरपालिका–२८ आरुपाटास्थित लेखनाथ आधारभूत विद्यालयमा उनले अक्षयकोषको स्थापना गरेका हुन् ।

सोही कार्यक्रममा सात जना विद्यार्थीलाई विद्यालय पोसाक र ३२ जना विद्यार्थीलाई ट्र्याकसुट सेट वितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्टिक ३२५ ए–एम नेपालका डिस्टिक गभर्नर पिमजेफ धनिराम बराल रहेका थिए।

कार्यक्रममा कलस्टर ३ प्रमुख दिलु तिवारी, दिनेश बाबु खड्का, नारायण अधिकारी, चन्द्रा शर्मा, विद्यालयका शिक्षक–अभिभावक, व्यवस्थापन समिति, बुद्धिजीवी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

अक्षयकोष स्थापना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय