+
+
Shares

नेविसंघले भन्यो- यो लोकतन्त्रको हत्या हो, प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्दछ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते ८:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्यार्थी संघले जेनजी प्रदर्शनमा भएको मानवीय हताहतीलाई 'लोकतन्त्रको हत्या'को संज्ञा दिएको छ।
  • संघका अध्यक्ष दुजाङ शेर्पाले सरकारको आदेशमा प्रहरीले निहत्था विद्यार्थीमाथि गोली हानी हत्या गरेको बताएका छन्।
  • नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाको जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने र छानविनको माग गरेको छ।

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले जेनजीको प्रदर्शनमा भएको मानवीय हताहतीलाई ‘लोकतन्त्रको हत्या’को संज्ञा दिएको छ ।

अधिकार प्राप्तिका लागि सडकमा उत्रिनु र आन्दोलनमा सहभागी हुनु स्वाभाविक रहेको उल्लेख गर्दै नेविसंघले सरकार मानव अधिकारको न्यूनतम मूल्यमान्यता समेतबाट बेखबर रहेको जनाएको छ ।

संघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्तिमा भनेका छन्, ‘सरकारको आदेशको आडमा शान्ति– सुरक्षा कायम गर्ने बहानामा निहत्था युवा विद्यार्थीमाथि बख्तरबन्द हतियारधारी प्रहरीले गोली हानी हत्या गर्नुले सरकार रक्षकबाट भक्षकमा परिणत भएको सन्दर्भमा लोकतन्त्रको समेत हत्या भएको हाम्रो बुझाइ छ ।’

प्रधानमन्त्री केपी शर्माले घटनाको पूर्ण जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने माग नेविसंघले गरेको छ । प्रशासनिक शक्तिको दुरुपयोग गरेर आदेश दिने गृहमन्त्री, गृह प्रशासनका कर्मचारी र तत्कालीन जिम्मेवारीमा रहेका प्रहरी प्रशासनको नेतृत्वमा छानविनको माग गरिएको छ ।

युवा विद्यार्थीले उठाएका जायज माग पूरा गर्न भ्रष्टाचार निर्मूल गर्ने उद्देश्यले स्थापित अख्तियार दुरुपयोग आयोगलाई थप सशक्त बनाई भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमा कार्यान्वयन गर्न संघले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?