
२५ भदौ, काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् ।
कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् ।
कारागारमा आगजनी भएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको अर्यालले बताए ।
अहिले कारागारमा आगोको मुस्लो आइरहेको कारागार प्रशासक बाबुराम अर्यालले अनलाइनखबरलाई जानकारी दिए ।
कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4