
२५ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनमा ज्यान गुमाउने प्रहरीको संख्या तीन पुगेको छ ।
यसअघि दुई जना मृत भएको नेपाल प्रहरीले बताएको थियो । अहिले भने मृत प्रहरीको संख्या तीन पुगेको बताइएको छ ।
मृत हुनेहरु सबै प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी हुन् । एक असईसहित तीन जनाको मृत्यु भएको र उनीहरुको पहिचान समेत भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।
अझै केही प्रहरी मिसिङ भएकाले यो संख्या बढ्न सक्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4