+
+
Shares

जेनजीलाई गगन थापाको अपिल: संविधानको निरन्तरताबारे ख्याल गर्नुस् (भिडियोसहित)

संविधानभन्दा पर गएर समाधान खोजियो भने केही समयपछि सम्हाल्न नसकिने अवस्था आउने कांग्रेसका महामन्त्री गगनकुमार थापाको भनाइ छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १२:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा संविधानलाई टेकेर समाधान खोज्नु पर्ने बताएका छन्।
  • थापाले संविधानभन्दा पर गएर समाधान खोजियो भने केही समयपछि सम्हाल्न नसकिने अवस्था आउने उल्लेख गरेका छन्।
  • उनले जेनजी पुस्तालाई संविधानको निरन्तरताबारे ख्याल गर्न अपिल गर्दै सरकार निर्माणमा सहभागी हुन र दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन्।

२६ भदौ, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा संविधानलाई टेकेर समाधान खोज्नु पर्ने बताएका छन्।

संविधानभन्दा पर गएर समाधान खोजियो भने केही समयपछि सम्हाल्न नसकिने अवस्था आउने उनको भनाइ छ।

थापाले संविधानको निरन्तरताबारे ख्याल गर्न जेनजी पुस्तालाई आग्रह गरेका छन्। आज भिडियोमार्फत् आफ्ना धारणा सार्वजनिक गरेका थापाले त्यस्तो जोखिमको अवस्था आउन नदिन जेनजी पुस्तालाई अपिल गरेका हुन्।

उनले लामो संघर्षपछि संविधान बनाउन सफल भएको चर्चा गर्दै यो संविधान जोगाएर त्यसभित्र आवश्यक आमूल परिवर्तन गर्न आग्रह गरेका छन्।

‘मेरो एउटा अनुरोध छ, २०६२/६३ को आन्दोलनबाट एउटा नयाँ संविधान बन्यो। यो संविधान बन्ने बाटो सजिलो थिएन। यो बीचमा हामीले धेरै कुराहरू भोगेका छौं। हामीले गृहयुद्ध भोग्यौं। ठूलो जातीय युद्ध भोग्यौं। नेपालभित्र आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम, अल्पसंख्यक, महिला थुप्रैका माग मुद्दामा सन्तुलन मिलाएर बनाएको संविधान हो यो। एउटा सन्तुलन खोजेर बनाइएको संविधान हो यो।,’ उनले भनेका छन्, ‘अहिले कोही बोलेको छैन। तर, आफ्ना अधिकारहरू खोसियो भन्ने पर्‍यो भने फेरि सबैले बोल्ने अवस्था आउँछ। कसैले सम्हाल्न सक्दैनौं हामीहरूले। त्यसैले संविधानको निरन्तरताबारे तपाईंहरूले ख्याल गर्नैपर्छ।’

उनले सरकार निर्माणमा सहभागी हुन, जेनजी आन्दोलनको क्रममा भएको हत्या र विध्वंशात्मक प्रदर्शनको छानबिन गरी दोषीमाथि कारबाही गर्न, बलियो कानुन निर्माण गरेर २०४६ यता सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि आग्रह गरेका छन्।

दोस्रो दिनको विध्वंशात्मक प्रदर्शनमा जेनजीको कुनै संलग्नता नरहेकोमा आफू स्पष्ट रहेको भन्दै महामन्त्री थापाले कतिपय नयाँ र कतिपय पुरानै अनुहारहरूको संलग्नता रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?