+
+
Shares

सिंहदरबार भित्रका कार्यालय सरसफाइमा जुट्न निजामती कर्मचारीको आह्वान

उनीहरूले सामाजिक सञ्जालका विभिन्न ग्रुपहरूमा पोस्ट गर्दै सम्भव भएसम्म आ-आफ्नो मन्त्रालय, निकायमा उभिएर सफाइ अभियानमा खट्न आह्वान गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निजामती कर्मचारीहरूले सिंहदरबारभित्रको भग्नावशेष र फोहोर हटाउन आ-आफ्नो मन्त्रालयमा सफाइ अभियानमा खट्न सामूहिक आह्वान गरेका छन्।
  • सर्वोच्च अदालतका कर्मचारीहरूले बुधबारदेखि आगजनीबाट ध्वस्त अदालतमा करिब ३ हजार फाइल संकलन गरी सरसफाइ अभियान सुरु गरेका छन्।
  • सिंहदरबारमा नेपाली सेनाले कार्यालयका कर्मचारी बाहेक अरूलाई प्रवेश नदिँदा कर्मचारीहरूले आफैंले सफाइ अभियान सुरु गरेको बताएका छन्।

२६ भदौ, काठमाडौं । निजामती कर्मचारीहरुले सिंहदरवारभित्रको भग्नावशेष र फोहोर हटाउन सामूहिक आह्वान गरेका छन् ।

उनीहरूले सामाजिक सञ्जालका विभिन्न ग्रुपहरूमा पोस्ट गर्दै सम्भव भएसम्म आ-आफ्नो मन्त्रालय, निकायमा उभिएर सफाइ अभियानमा खट्न आह्वान गरेका हुन् ।

निजामती कर्मचारीहरूको बाहुल्य रहेको ‘सार्वजनिक नीति संवाद’ मा कर्मचारीहरूले सरसफाइका लागि आह्वान गरेका हुन् ।

उनीहरूले आफ्नो समूहमा लेखेका छन्, ‘सिंहदरबार भित्रका सबै कर्मचारी सम्भव भएसम्म आ-आफ्नो मन्त्रालय, निकायमा उपस्थित भएर आजैबाट सफाइको काममा खटौं ।’

उनीहरूले परिस्थितिको मूल्यांकन गरेर फाइल, अभिलेख र कागजातको सुरक्षा गर्न र आ-आफ्नो कार्यालय सफाइ गर्न आह्वान गरेका हुन् ।

निर्वाचित सरकार निष्क्रिय भए पनि स्थायी सरकारका प्रतिनिधि भनेर चिनिने कर्मचारीहरूले आफ्नो जिम्मेवारी पूरा गर्न लाग्नुपर्ने भन्दै उनीहरूले ग्रुपमा लेखेका छन्, ‘अत्यावश्यक सेवालाई सम्भव भएसम्म नियमित र सुचारु गर्ने गराउने पहल गरौं ।’

आगजनीबाट ध्वस्त भएको सर्वोच्च अदालतका कर्मचारीहरूले बुधबारदेखि नै सरसफाइ अभियान थालेका थिए ।

सर्वोच्च अदालतमा करिब २५ हजार मुद्दा विचाराधीन रहेकोमा उनीहरूले करिब ३ हजार फाइल संकलन गरेका थिए, जसमा कतिपयमा आंशिक र कतिपयमा आधाजसो क्षति पुगेको छ ।

तर, सिंहदरबारमा भने त्यसको कुनै प्रयास नभएपछि कर्मचारीहरूले आफैंले सरसफाए अभियान सुरु गरेका हुन् । नेपाली सेनाले सिंहदरबारमा त्यहाँभित्र कार्यरत कार्यालयका कर्मचारी बाहेक अरूलाई प्रवेश दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?