+
+
Shares

त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द

आज विमानस्थलबाट नियमित उडान/अवतरण भइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १४:१२

२६ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ ।

विमानस्थल कार्यालयले सूचना टाँसेर उक्त जानकारी गराएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न सूचित गरेको छ ।

असहज परिस्थितिका कारण काठमाडौं लगायत सहरमा रोकिएका सामान्य यात्रुलाई प्राथमिकता दिई गन्तव्य पुर्‍याउन भीआईपी कक्ष बन्द गरिएको प्राधिकरण स्रोतले बतायो ।

‘यसबाट अवस्था सामान्यीकरण गर्न सहज हुनेछ,’ स्रोतले भन्यो ।

आज विमानस्थलबाट नियमित उडान/अवतरण भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?