+
+
Shares

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते ११:१२

२७ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आज शुक्रबार पनि सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ ।

आज शुक्रबार सुनको भाउ तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलामा २ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँ बढेको छ । बिहीबार तोलामा २ हजार ५०५ रुपैयाँ रहेको चाँदी शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?