News Summary
Generated by OK AI. Editorially reviewed.- एर्लिङ हालान्डको दुई गोल मद्दतमा म्यानचेष्टर डर्बीमा सिटीले युनाइटेडलाई ३-० ले पराजित गरेको छ ।
- फिल फोडेनले १८औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए भने हालान्डले दोस्रो हाफमा दुवै गोल गरे ।
- सिटीले ४ खेलबाट ६ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।
३० भदौ, काठमाडौं । एर्लिङ हालान्डको दुई गोल मद्तमा प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर डर्बीमा सिटीले युनाइटेडलाई ३-० ले पराजित गरेको छ । सिटीका लागि अर्को एक गोल फिल फोडेनले गरे ।
घरेलु मैदान एतिहाड स्टेडियममा भएको डर्बी खेलमा जित हात पारेपछि सिटीलाई केही राहत भएको छ ।
फोडेनले १८औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसमा हालान्डले दोस्रो हाफमा दुई गोल थपे । नर्वेजियन स्ट्राइकर हालान्डले ५३औं र ६८औं मिनेटमा गोल गरे ।
यस सिजन दोस्रो जित हात पारेको सिटी ४ खेलबाट ६ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।
उता दोस्रो हार व्यहोरेको युनाइटेडको भने ४ खेलबाट ४ अंकसहित १४औं स्थानमा छ ।
प्रतिक्रिया 4