+
+
Shares

मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित

अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजान र सहरी विकासमन्त्री  कुलमान घिसिङ र  गृह र कानुनमन्त्री  ओमप्रकाश अर्यालको शपथ लिएका हुन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ र गृह मन्त्री ओमप्रकाश अर्याललाई शपथ गराउनुभयो।
  • राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले मन्त्रीहरूको शपथग्रहण कार्यक्रममा सहभागी हुनुभएको छ, प्रतिनिधिसभा विघटन भएपनि उहाँको पद यथावत छ।
  • सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना दुवै सार्वजनिक समारोहमा अनुपस्थित रहनुभएको छ, प्रतिनिधिसभा विघटनपछि पनि उहाँहरूको पद यथावत छ।

३० भदौ, काठमाडौं ।  शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा  सोमबार  तीन मन्त्रीहरूको शपथ हुँदा सभामुख र उपसभामुख  दुई संवैधानिक पदाधिकारी  अनुपस्थित भएका छन् ।

निर्वाचन घोषणा भइसकेकाले  निर्वाचनको  मनोनयन गरेको दिनसम्म सभामुख र उपसभामुखको पद रहने प्रावधान छ ।  तर सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना समारोहमा  उपस्थित भएनन् ।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले  मन्त्रीहरुलाई  शपथ गराएका थिए ।

अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री  कुलमान घिसिङ र  गृह र कानुनमन्त्री  ओमप्रकाश अर्यालको शपथ लिएका हुन् ।

प्रधानमन्त्रीको शपथ ग्रहणमा नदेखिएका राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल  भने सोमबार मन्त्रीहरुको सपथमा  उपस्थित थिए ।

प्रतिनिधिसभा विघटन भएपनि राष्ट्रिय सभा क्रियाशील भएकाले राष्ट्रिय सभाका अध्यक्ष दाहालको पद पनि यथावत छ । उनी मन्त्रीहरूको शपथमा गए ।

सभामुख देवराज घिमिरे भने जेन–जी आन्दोलनपछि दुई सार्वजनिक समारोहमा देखा परेनन् । दुई दिनअघिको प्रधानमन्त्रीको शपथग्रहण र सोमबारको मन्त्रीहरूको शपथमा उनी अनुपस्थित रहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?