
News Summary
Generated by OK AI. Editorially reviewed.- नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेका छन्।
- मन्त्री घिसिङले विद्युत् प्राधिकरणको बक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन्।
- ऊर्जामन्त्री घिसिङले खादा-माला तथा अबिर केही पनि नलिने घोषणा गरेका छन्।
३० भदौ, काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।
सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् ।
मन्त्री घिसिङले विद्युत् प्राधिकरणको बक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् ।
साथै, ऊर्जामन्त्री घिसिङले खादा-माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।
मन्त्री घिसिङले मुलुकलाई पुनःनिर्माण, राजनीतिक स्थिरता र समृद्धितर्फ अघि बढाउन आफू कटिबद्ध रहेको समेत बताए । उनले जेनजी पुस्ताले अपनाएको हिंस्रक बाटो छोडेर समाधानतर्फ लाग्नुपर्नेमा समेत जोड दिए । उनले विगतका कमजोरीलाई नदोहोर्याउन आग्रह गर्दै जिम्मेवारी लिने संस्कृतिको विकास गर्न समेत सबैलाई आग्रह गरे ।
‘अब हिंसा होइन समाधान हाम्रो बाटो हो । हामीले जे गर्यौं त्यसलाई अब रोकौं । अब हामीले पुनः निर्माणतिर लाग्नुपर्ने हुन्छ । देशलाई एउटा समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेछ,’ उनले भने ।
उनले भने, ‘राजनीतिक स्थिरता पनि ल्याउनुपर्नेछ । देश रहेमात्र हामी रहन्छौं । उडेर मात्रै हुँदैन अब सही अवतरण गर्नुपनि हाम्रो दायित्व हुनेछ । जिम्मेवारी लिने हो भाग्ने होइन । जिम्मेवारी लिएर अगाडि बढ्नुपर्छ । मुलुकलाई सही दिशामा अगाडि बढाउने काम तपाईहरुको सहयोगबिना सम्भव छैन ।’
प्रतिक्रिया 4