+
+
Shares

महोत्तरीमा डकैती, डाँकाको हतियार प्रहारबाट एकै घरका पाँच घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते २०:४७

३० भदौ, जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका ५ विसनपुरमा डकैती भएको छ । गएराति स्थानीय मंगल महराको घरमा ३ जनाको समूहमा हातहतियारसहित आएका डाकाहरूको हतियार प्रहारबाट पाँचजना घाइते भएका छन् ।

महोत्तरी प्रहरीका अनुसार घाइते हुनेहरूमा मंगल महरा श्रीमती शैली देवी, २९ वर्षीया बुहारी रिंकु महरा, छोरा संजित महरा छन् । उनीहरू गम्भीर घाइते छन् भने अन्य अन्य दुईजना परिवारका सदस्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

शैलीदेवीको टाउको र बायाँ हातमा हतियार प्रहार भएको छ, यस्तै छोरा संजितको टाउकोमा हतियार प्रहार भएको छ । उनीहरुको जनकपुरको जानकी हेल्थकेयरमा उपचार भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।

डीएसपी भट्टका अनुसार मध्यराति भएको लुटपाटको क्रममा घरबाट ४० हजार नगद, २ तोला सुन र २० तोला चाँदी गरी करिब ४ लाख बराबरको धनमाल डाँकाले लुटेर लगेका छन् । घटनबारे आज बिहान मात्र प्रहरीले खबर पाएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?