२० साउन, काठमाडौं । एसीसी यू-१६ प्रिमियर लिगका १८ सदस्यीय टोलीको कप्तानी सुमित मर्हजनले गर्ने भएका छन् । बन्द प्रशिक्षणमा रहेका २७ खेलाडीबाट १८ क्रिकेट चयन गरिएको छ ।
अब चार बैकल्पिक खेलाडी राखेर १४ सदस्यीय अन्तिम टोली भने केही दिनमा घोषणा हुने कार्यवाहक महासचिव उत्तम कर्मचारीले जानकारी दिए ।
टोलीमा कप्तान महर्जनसँगै आशिफ शेख, प्रनित थापा, सुशान्त सिंह थापा, पवन शरार्फ, जितेन्द्र सिंह ठकुरी, रविन्द्र शाही र रवि कुमार शाह रहेका छन् । टोलीमा रवि चन्द, आशिष पोखरेल, विजय चौधरी, अनिल खरेल, सुमन घिमिरे, रविन सिंह, अमन पन्थी, रिजन ढकाल, रोशन अधिकारी र सुरज बोहरा पनि गरेका छन् ।
एसियन क्रिकेट काउन्सिल एसीसीको आयोजनामा यू-१६ प्रिमियर लिग अगष्ट १४ देखि २० सम्म मलेशियामा हुनेछ ।
प्रतिक्रिया 4