News Summary
Generated by OK AI. Editorially reviewed.- अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने फिल्म 'अञ्जिला' वा 'गुन्युचोलो' मध्ये एक चयन गरिनेछ।
 - यी दुई फिल्मले मात्र अस्करको नेपाल कमिटीमा आवेदन दिएका थिए।
 - कमिटीले केही दिनमा नेपालको प्रतिनिधित्व गर्ने फिल्मबारे निर्णय गर्नेछ।
 
काठमाडौं । आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व ‘अञ्जिला’ वा ‘गुन्युचोलो’ मध्ये एक फिल्मले गर्ने भएको छ ।
यी दुई फिल्मले मात्र अस्करको नेपाल कमिटीमा आवेदन दिएका थिए । यी दुई फिल्ममध्येबाट कुनै एकको टुंगो लगाइने कमिटीका एक सदस्यले जानकारी दिए ।
सम्भवतः केही दिनमा कमिटीले नेपालको प्रतिनिधित्व गर्ने कुनै एक फिल्मबारे निर्णय गर्नेछ । अस्कर कमिटीले ‘अन्तर्राष्ट्रिय फिचर’ विधाको लागि वर्षेनी फिल्म सिफारिस गर्छ ।
९८ औं एकेडेमी अवार्ड (अस्कर) आउँदो १५ मार्च, २०२६ मा अमेरिकाको लस-एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4