+
+
Shares

मुस्ताङ भन्सार नाकाको नाममा प्रतिपत्र जारी हुने

केन्द्रीय बैंकले मंगलबार निर्देशन जारी गर्दै मुसता भन्सार नाकालाई पनि भन्सार विन्दुको रुपमा प्रतिपत्र जारी गर्ने व्यवस्था गर्न बैंक वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १५:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले मुस्ताङ भन्सार नाकालाई पनि भन्सार बिन्दुको रुपमा प्रतिपत्र जारी गर्ने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
  • केन्द्रीय बैंकले चिनियाँ भूभागबाट नेपालमा हुने व्यापारमा मुस्ताङ नाकालाई पनि जोडेको छ।
  • यसअघि बैंक वित्तीय संस्थाले तातोपानी, सिन्धुपाल्चोक र रसुवा भन्सारलाई मात्र भन्सार बिन्दुको अनुमति दिँदै आएका थिए।

३१ भदौ, काठमाडौं। नेपाल राष्ट्र बैंकले मुस्ताङ भन्सार नाकाका नाममा पनि प्रतिपत्र जारी गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

केन्द्रीय बैंकले मंगलबार निर्देशन जारी गर्दै मुस्ताङ भन्सार नाकालाई पनि भन्सार विन्दुको रुपमा प्रतिपत्र जारी गर्ने व्यवस्था गर्न बैंक वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

केन्द्रीय बैंकको मंगलबारको निर्देशन अनुसार चिनिँया भूभागबाट नेपालमा हुने व्यापारमा मुस्ताङ नाकालाई पनि जोडेको हो।

यसअघि केन्द्रीय बैंकले चिनियाँ भूभाग भई ट्रक वा रेलमार्गबाट परिपत्रमार्फत आयात गर्दा तातोपानी भन्सार, सिन्धुपाल्चोक र रसुवा भन्सार, रसुवालाई मात्र भन्सार बिन्दुको अनुमति दिएको थियो। बैंक वित्तीय संस्थाले पनि सोही अनुसार प्रतिपत्र जारी गर्दै आएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?