+

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभप्रति श्रद्धाञ्जली अर्पण

२०८२ भदौ  ३१ गते २०:२७ २०८२ भदौ ३१ गते २०:२७
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभप्रति श्रद्धाञ्जली अर्पण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठ प्रति राष्ट्रिय खेलकुद परिषद् हातामा श्रद्धाञ्जली अर्पण गरिएको छ।
  • नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र खेलकुद पत्रकार मञ्चले संयुक्त रूपमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका थिए।
  • कार्यक्रममा राखेपका सदस्यहरू, खेलाडी संघ अध्यक्ष, पत्रकार मञ्च अध्यक्ष र ओलम्पियन संघ अध्यक्षले श्रद्धाञ्जली अर्पण गरेका थिए।

३१ भदौ, काठमाडौं । जेन– जी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठ प्रति मंगलबार श्रद्धाञ्जली अर्पण गरिएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा संयुक्त आयोजित कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरिएको हो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य भानबादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरन्जन अधिकारी, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, खेलाडी, सञ्चारकर्मीलगायतले सुलभप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

सोही अवसरमा स्व. सुलभसहित जेन– जी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने सम्पूर्णको सम्झनामा मौन धारण गरिएको थियो ।

आन्दोलनका क्रममा घाइते फुटबलर पवन शाहीसहित सम्पूर्णको शीघ्र स्वास्थ लाभको कामना गरिएको थियो ।

जेनजी आन्दोनल सुलभ राज श्रेष्ठ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय