+
+
Shares

जनमत पार्टीका अध्यक्ष सीके राउत र संगठन विभाग प्रमुखलाई राजीनामा दिन माग

पार्टीका वरिष्ठ पदाधिकारीहरूले अध्यक्ष डा. सि.के. राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट स्वेच्छिक राजीनामा दिन माग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते १७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनमत पार्टीका वरिष्ठ पदाधिकारीहरूले अध्यक्ष डा. सि.के. राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट स्वेच्छिक राजीनामा दिन माग गरेका छन्।
  • नेताहरूले पार्टीभित्र कमजोर कार्यशैली, पारदर्शिताको अभाव र जनभावनाविपरीत गतिविधिका कारण नेतृत्व परिवर्तन आवश्यक भएको औपचारिक माग गरेका छन्।
  • जनमत पार्टीभित्र आन्तरिक विवाद सतहमा आएको छ र यसको प्रभाव पार्टीको भविष्यमा गहिरो देखिने नेताहरूले बताएका छन्।

१ असोज, जनकपुरधाम। जनमत पार्टीभित्र शीर्ष नेतृत्व परिवर्तनको माग उठेको छ । पार्टीका वरिष्ठ पदाधिकारीहरूले अध्यक्ष डा. सि.के. राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट स्वेच्छिक राजीनामा दिन माग गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजय कुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सी.के. सिंह, सुदूरपश्चिमका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रम बहादुर बमसहितका नेताहरूले नेतृत्व परिवर्तनको औपचारिक माग गरेका हुन्।

उनीहरूले राजीनामा माग गरेको पत्रमा भदौ २३ र २४ गते जेनजीको आन्दोलनले देशभर राजनीतिक भू-परिदृश्यमा नयाँ मोड ल्याएको उल्लेख गर्दै नेताहरूले पार्टीभित्र समेत शुद्धीकरण आवश्यक भएको बताएका छन्।

पछिल्ला दिनमा देखिएको कमजोर कार्यशैली, पारदर्शिताको अभाव र जनभावनाविपरीत गतिविधिका कारण पार्टी आफ्नो मूल उद्देश्यअनुरूप अघि बढ्न नसकेको स्पष्ट भएको छ।

पार्टीलाई थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी संस्थामा रूपान्तरण गर्न नयाँ नेतृत्व अपरिहार्य भएको उनीहरूको भनाइ छ । साथै, पार्टी निर्माणदेखि हालसम्म योगदान दिएका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यलाई पुनर्गठन र सुदृढीकरणमा सक्रिय भूमिका खेल्न पनि आग्रह गरिएको छ ।

यससंगै जनमत पार्टीभित्र आन्तरिक विवाद सतहमा आएको छ भने आगामी दिनमा यसको प्रभाव पार्टीको भविष्यत्मा गहिरो देखिने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?