+
+
Shares

तने बोडी र घिउ सिमीको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते ११:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तने बोडीको प्रतिकिलो थोक मूल्य १२ रुपैयाँले बढेर १ सय २२ रुपैयाँ पुगेको छ।
  • सोमबार घिउ सिमीको थोक मूल्य पनि प्रतिकिलो १३ रुपैयाँले बढेर लोकल १ सय १९ रुपैयाँ र हाइब्रिड १ सय १५ रुपैयाँ पुगेको छ।

६ असोज, काठमाडौं । स्थानीय बजारमा तने बोडी र घिउ सिमीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार सोमबार तने बोडी र घिउ सिमीको प्रतिकिलो थोक मूल्य बढेको हो ।

कालीमाटी बजारमा हिजो आइतबार प्रतिकिलो १ सय १० रुपैयाँ थोक मूल्य रहेको तने बोडी आज सोमबार १ सय २२ रुपैयाँमा किनबेच भइरहेको छ । आज तने बोडीको प्रतिकिलो मूल्य १२ रुपैयाँले वृद्धि भएको हो ।

यस्तै आज घिउ सिमीको मूल्य पनि प्रतिकिलो थोकमा १३ रुपैयाँ बढेको छ ।

हिजो आइतबार प्रतिकिलो १ सय ६ रुपैयाँमा किनबेच भएको घिउ सिमी लोकल आज सोमबार १ सय १९ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै घिउ सिमी हाइब्रिड प्रतिकिलो १ सय १५ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?