+
+
Shares

मन्त्री सिन्हाले गरे पदभार ग्रहण (तस्वीरहरू)

मन्त्री सिन्हालाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त मन्त्री अनील कुमार सिन्हाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन्।
  • मन्त्री सिन्हाले उद्योग, भूमि व्यवस्था र कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
  • कानुन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीले सिन्हालाई सुम्पिएकी हुन्।

६ असोज, काठमाडौं । तीन वटा मन्त्रालयको जिम्मेवारी पाएका नवनियुक्त मन्त्री अनील कुमार सिन्हाले पदभार ग्रहण गरेका छन् ।

सोमबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री सिन्हाले सिंहदरबारस्थित उद्योग मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

मन्त्री सिन्हालाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कानुन मन्त्रालयको जिम्मेवारी यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले नै लिएकोमा प्रधानमन्त्री सुशीला कार्कीले सिन्हालाई सुम्पिएकी हुन् ।

मन्त्री सिन्हा सर्वोच्चका पूर्वन्यायाधीश समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?