+
+
Shares

आफूमाथि आक्रमण भएजस्तो देखिने भिडियोबारे के भन्छन् माग्ने बुढा ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १३:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता केदार घिमिरेले आगामी फिल्म 'माइतीघर' प्रचारका लागि प्रि-प्लानअनुसार आफूमाथि आक्रमण भएको अभिनय गरेको बताए।
  • उनले फेसबुक लाइभमा भने, 'उहाँले हातपात नै गर्नुभयो, त्यो चाहिँ प्लानिङ थिएन' र क्षमा माग्न चाहन्छु भने।
  • भाइरल भिडियोको टुक्राले प्रशंसकमा चासो र चिन्ता ल्याएको उनले उल्लेख गरे।

काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले आफूमाथि आक्रमण भएजस्तो देखिने एक भिडियोको सत्यताबारे प्रशंसकमाझ प्रष्टीकरण दिएका छन् ।

फेसबुकमा बुधबार दिउँसो लाइभ आउँदै उनले आगामी फिल्म ‘माइतीघर’ प्रचारप्रसारको लागि अन्तर्वार्ता दिन केही युट्युब च्यानलमा गएको र प्रि-प्लानअनुसार आफूमाथि प्रयांक गरिएको बताए ।

उनले भने, ‘धेरै जना शुभचिन्तकले त्यो भिडियो के हो भनेर सोधिराख्नु भएको छ । यसबारे स्पष्टीकरण दिन चाहन्छु ।’

सल्लाहअनुसार प्रयांक गरिएको उनले बताए । ‘उहाँले आएर अलिकति थर्काउने त भनेको थियो तर उहाँले हातपात नै गर्नुभयो । त्यो चाहिँ प्लानिङ थिएन’ उनले भने ।

उनले भने, ‘तैपनि यसलाई ठट्टाकै रुपमा लियौं । टुक्रा मात्र भाइरल हुँदा साथ सपोर्ट गर्नेको चासो र चिन्ता आयो । यढसबाट पर्न गएको चोटबारे क्षमा पनि माग्न चाहन्छु ।’

माग्ने बुढामाथि गरिएको उक्त प्रयांकबारेको भिडियोको एउटा टुक्रा अहिले निकै भाइरल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?