News Summary
Generated by OK AI. Editorially reviewed.- कलाकार दीपकराज गिरी, दीपाश्री निरौला र जितु नेपाल 'छक्कापञ्जा युएसए कमेडी टूर २०२५' लिएर अमेरिकातर्फ प्रस्थान गरेका छन्।
- टेक्सास अवतरणपछि टूरको सुरुवात सेप्टेम्बर १९ मा मेरिल्याण्डको बाल्टिमोरबाट हुनेछ र १५ अमेरिकी सहरमा कार्यक्रम आयोजना हुनेछ।
- कार्यक्रमबाट संकलित रकम जेनजी आन्दोलनपछि आवश्यक राहत र पुननिर्माणमा खर्च गर्ने योजना छ र नोभेम्बर पहिलो साता कलाकारहरू स्वदेश फर्कनेछन्।
काठमाडौं । ‘छक्कापञ्जा युएसए कमेडी टूर २०२५’ लिएर कलाकार दीपकराज गिरी, दीपाश्री निरौला र जितु नेपाल अमेरिकातर्फ प्रस्थान गरेका छन् ।
अमेरिकाको टेक्सासमा अवतरण गरेका उनीहरूले टूरको सुरुवात चाहिँ मेरिल्याण्डको बाल्टिमोरदेखि थाल्ने जनाइएको छ । सेप्टेम्बर १९ मा बाल्टिमोरदेखि टूर हुनेछ ।
सेप्टेम्बर २० मा कोलम्बस, २१ मा एक्रोन, २७ मा टेक्सासको डालसमा कार्यक्रम आयोजना हुँदैछ । १५ अमेरिकी सहरमा कार्यक्रम आयोजना हुने जनाइएको छ ।
आत्रेय प्रोडक्सन हाउस र ग्लोबल इभेन्ट्सले संयुक्तरुपमा कार्यक्रम आयोजना गर्न लागेका हुन् ।
अन्य सहरका कार्यक्रमको मिति चाँडै सार्वजनिक हुने जनाइएको छ । टूरमा ‘छक्कापञ्जा’ टिमको तर्फबाट दीपक-दीपासहित जितु नेपाल, आसिफ शाह, मीना पोखरेल, धर्मेन्द्र सेवान सहभागी हुने जनाइएको छ ।
सेवान क्यानडाबाटै त्यता लाग्नेछन् । कलाकार गिरी डेढ दशकपछि अमेरिका भ्रमणमा निस्किएका हुन् ।
कार्यक्रममा संकलित रकम जेनजी आन्दोलनपछि आवश्यक राहत र पुननिर्माणमा खर्च गर्ने उनीहरूको योजना छ । अमेरिकाबाट फर्किएपछि फिल्म निर्माणमा जुट्ने दीपकको भनाइ छ ।
उनीहरू नोभेम्बर पहिलो साता स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया 4