+
+
Shares

आजदेखि रिलिज भएका तीनै फिल्मले कति मूल्यको अग्रिम टिकट बिक्री गरे ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १३ गते ७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैंको फूलपातीको अवसरमा तीन नेपाली फिल्म बलिदान, माइतीघर र हरिबहादुरको जुत्ता प्रदर्शनमा आएका छन्।
  • बलिदानले २४ लाख २६ हजार रुपैयाँ बराबर अग्रिम टिकट बिक्री गरी १६४ शो पाएको छ।
  • हरिबहादुरको जुत्ताले ९ लाख २५ हजार र माइतीघरले ७ लाख ११ हजार रुपैयाँ अग्रिम टिकट बिक्री गरेका छन्।

काठमाडौं । दशैंको फूलपातीको अवसरमा ३ नेपाली फिल्महरू बलिदान, माइतीघर र हरिबहादुरको जुत्ता प्रदर्शनमा आएका छन् ।

अनलाइनखबरलाई प्राप्त बक्सअफिस रिपोर्टअनुसार तीनै फिल्मले बाहिर चर्चामा आएभन्दा न्यून एड्भान्स टिकट बिक्री र सोमबारको लागि शोज संख्या पाएको देखिन्छ ।

यो हिसाब आइतबार राती १० बजेसम्मको हो ।

जसअनुसार, ‘बलिदान’ले २४ लाख २६ हजार रुपैयाँ बराबर रकमको अग्रिम टिकट बिक्री गरेको देखिन्छ । यो फिल्मले कूल १६४ शो पाएको रिपोर्टमा उल्लेख छ । वितरकको दावी भने २०० भन्दा धेरै छ ।

‘हरिबहादुरको जुत्ता’ले कूल ९ लाख २५ हजार रुपैयाँको अग्रिम टिकट बिक्री गरेको देखिन्छ । यो फिल्मले कूल ८७ शोबाट उक्त रकम प्राप्त गरेको बक्सअफिस रिपोर्टमा उल्लेख छ । वितरकको दावी भने यो फिल्मका डेढसय शो रहेको जनाइएको छ ।

‘माइतीघर’को अग्रिम टिकट बिक्री भने ७ लाख ११ हजार रुपैयाँ बराबरको देखिएको छ । यो फिल्मले ८५ शोबाट उक्त रकम बराबरको टिकट बेचेको बक्सअफिसमा उल्लेख छ । यो फिल्मले पनि डेढसय शो भन्दा धेरै प्राप्त गरेको जनाएको छ ।

यसरी हेर्दा, बाहिर हुने चर्चा र बक्सअफिसको रिपोर्टबीच भिन्नता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?