News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाको दोस्रो खेल आज खेल्नेछ।
- पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको थियो।
१३ असोज, काठमाडौं । वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दै छ । शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा खेल बेलुका नेपाली समयअनुसार सवा ८ बजे सुरु हुनेछ ।
यसअघि पहिलो खेलमा नेपालले ऐतिहासिक जित निकालेको थियो । नेपालले आजको खेल पनि जितेर एक खेल अगावै शृंखला जित्ने दाउमा हुनेछ ।
पहिलो खेलमा नेपालका सबै खेलाडीले आ-आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । आज पनि त्यस्तै किसिमको प्रदर्शनको अपेक्षा रहनेछ ।
नेपालले वेस्ट इन्डिजसँग भोलि मंगलबार अन्तिम खेल खेल्नेछ ।
नेपालको टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम
वेस्ट इन्डिजको टोली : अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर
प्रतिक्रिया 4