News Summary
Generated by OK AI. Editorially reviewed.- अथर्व सिंहले ११ औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा पुरुष १ हजार ५ सय मिटर फ्रिस्थायलमा १७ मिनेट ४३.५७ सेकेन्डमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे।
- कल्किन श्रेष्ठले सोही स्पर्धामा १८ मिनेट ११.११ सेकेन्डमा दूरी पूरा गरी राष्ट्रिय कीर्तिमान तोडेका छन्।
- अथर्वले ४ सय मिटर व्यक्तिगत मिड्लेमा ४ मिनेट ५८.३४ सेकेन्डमा नयाँ कीर्तिमान कायम गरे।
१३ असोज, काठमाडौं । नेपाली पौडीबाज अथर्व सिंहले ११ औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा सोमबार २ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
भारतको अहमदाबाद जारी प्रतियोगितामा अथर्वले पुरुष १ हजार ५ सय मिटर फ्रिस्थायल १७ मिनेट ४३.५७ सेकेन्डमा पूरा गर्दै १० वर्षअघि शिरिष गुरुङले बनाएको १८ मिनेट ४५.६२ सेकेन्डको कीर्तिमान भंग गरे ।
सोही स्पर्धामा नेपालका कल्किन श्रेष्ठले पनि शिरिषको कीर्तिमानलाई उछिने । कल्किनले १८ मिनेट ११.११ सेकेन्डमा निर्धारित दूरी तय गरेको पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीले जनाएका छन् ।
अथर्वले अर्को कीर्तिमान ४ सय मिटर व्यक्तिगत मिड्लेमा बनाए । यो स्पर्धामा पनि अथर्वले सन् २०१६ मा शिरिषले नै स्थापित गरेको ५ मिनेट ०४.७० सेकेन्डको कीर्तिमान तोडेका हुन् ।
राष्ट्रिय कीर्तिमान कायम गर्ने क्रममा अथर्वले ४ मिनेट ५८.३४ सेकेन्ड समय निकाले ।
प्रतिक्रिया 4