+
+
Shares

‘हरिबहादुरको जुत्ता’लाई दर्शकको साथ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ’हरिबहादुरको जुत्ता’ दशैँको फूलपातीबाट रिलिज भई बिहान ५ः४५ देखि प्रदर्शन सुरु भएको छ।
  • फिल्मका अधिकांश शो हाउसफुल छन् र दर्शकको ८० प्रतिशतभन्दा बढी अकुपेन्सी छ।
  • निर्माता सरोज ओलीले पारिवारिक दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएको र केही हलले शो संख्या वृद्धि गरेको बताए।

काठमाडौं । दशैँको फूलपातीबाट रिलिज भएको फिल्म ’हरिबहादुरको जुत्ता’ले बिहानबाट दर्शकको बलियो साथ पाएको छ ।

बिहान ५ः४५ देखि प्रदर्शन सुरुवात गरेको फिल्मका अधिकांश शो हाउसफुल छन् । शोमा दर्शकको ९५ प्रतिशत अकुपेन्सी छ ।

केही हलले बलियो ‘वर्ड अफ माउथ’को कारण शो संख्यामा वृद्धि गरेको निर्माताले जनाएका छन् ।

बिहान देखि नै हरिवंश आचार्यसहितका कलाकार हलमा पुगिरहेका छन् । पारिवारिक दर्शक देखिएको हलमा उत्कृष्ट प्रतिक्रिया मिलिरहेको निर्माता सरोज ओलीले बताए ।

हरिबहादुरलाई पर्दामा हेरेका बुढाबुढी हलमा देखिएका थिए । फिल्ममा पुनः हरिबहादुरलाई देख्न पाउँदा खुसी मिलेको प्रतिक्रिया दर्शकले दिएका छन् । फिल्मले हँसाउदै मन छोएको उनीहरुले बताए ।

दीपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपालको अभिनय छ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?