+
+
Shares

नेतन्याहूको बोली फेरियो, भने – गाजाबाट इजरायली सेना पछि हट्दैन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली सेनालाई गाजाबाट फिर्ता नबोलाउने बताएका छन्।
  • नेतन्याहूले अमेरिकी राष्ट्रपति ट्रम्पले हमासको २० सूत्रीय शान्ति योजनालाई अस्वीकार गरे इजरायललाई पूर्ण समर्थन दिने उल्लेख गरेका छन्।
  • सोमबार ह्वाइट हाउसमा ट्रम्प र नेतन्याहूबीच गाजामा शान्तिका लागि २० सूत्रीय योजनामा छलफल भएको थियो।

१४ असोज, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो पछिल्लो वक्तव्यमा इजरायली सेनालाई गाजाबाट फिर्ता नबोलाउने बताएका छन् ।

ह्वाइट हाउस भ्रमणपछि नेतन्याहूको एक भिडियो टेलिग्राममार्फत सार्वजनिक गरिएको छ। उक्त भिडियोमा उनले इजरायली सेनालाई गाजाबाट फिर्ता बोलाउन दबाब दिइरहेका शक्तिहरूलाई निसाना बनाउँदै उनीहरू लक्षित आक्रामक अभिव्यक्ति दिएका हुन् ।

‘उनीहरूले हामीले हमासका शर्तहरू मान्नुपर्छ भनेर पटक–पटक भन्छन् । आईडीएफ (इजरायली डिफेन्स फोर्सेस) बाहिर निस्कनुपर्छ र हमास फेरि उठ्न सक्छ तथा गाजा पट्टीलाई पुनःनिर्माण गर्न सक्छ।’

उनले थपे, ‘त्यस्तो हुने छैन ।’

नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले गाजामा शान्तिका लागि प्रस्तुत २० सूत्रीय योजनालाई अस्वीकार गर्‍यो भने उनले इजरायललाई पूर्ण समर्थन दिने बताएको उल्लेख गरेका छन् ।

सोमबार ह्वाइट हाउसमा ट्रम्प र नेतन्याहूबीच भेट भएको थियो। उक्त बैठकमा दुवै नेताले गाजामा शान्तिका लागि ट्रम्पको २० सूत्रीय योजनामाथि छलफल गरेका थिए ।

यस योजनामा इजरायली प्रधानमन्त्रीले सहमति जनाइसकेका छन्, तर हमासले भने अझै निर्णय सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?