+
+
Shares

यस्तो थियो वीरगञ्ज ग्याङफाइटको कारण

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १५ गते १०:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वीरगञ्जको माइस्थान र घडिअर्वा पोखरी क्षेत्रमा भएको ग्याङफाइटमा २२ वर्षीय गोल्डेन खानको छुरा प्रहार गरी हत्या भएको छ।
  • पर्साका प्रहरीले घटनामा संलग्न १० जनालाई पक्राउ गरी दुईजनाको संलग्नता पुष्टि गरेको छ।
  • पक्राउ परेका दुईजनाबीचको पुरानो रिसइवीका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

१५ असोज, जनकपुरधाम। वीरगञ्जमा ग्याङफाइटको क्रममा एकजनाको हत्या भएको छ। मंगलबार राति साढे ११ तिर  वीरगञ्जको माइस्थान र घडिअर्वा पोखरी क्षेत्रबीच भएको ग्याङफाइटको क्रममा छुरा प्रहारगरी २२ वर्षीय गोल्डेन खानको हत्या भएको हो।

वीरगञ्ज महानगरपालिका–१० अशोकवाटिका घर भएका खानको शरीरका विभिन्न भागमा छुरा प्रहार भएको थियो। उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव नारायणी अस्पतालमा राखिएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले हत्यामा संलग्न दुईजनाको पहिचान भइसकेको जानकारी दिए।

‘घटनामा संलग्न रहेको आशंकामा १० जनालाई पक्राउ गरेर स्कृनिङ गरेका छौं। तीमध्ये सप्रमाण  दुईजनाको संलग्नता रहेको पहिचान भइसकेको छ। उनीहरूको तिम्रो खोजी कार्य जारी छ,’ एसपी पाठकले भने, ‘दुई जनाको पुरानो रिसइवीको कारण घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।’

त्यही पुरानो रिसइवी साँध्नका लागि ती दुईजनाले नै घटना गराएको प्रहरीले अनुमान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?