+

आईसीसी वरीयता : दीपेन्द्र चौथोमा यथावत्, ब्याटिङमा आसिफ र बलिङमा ललितको सुधार

२०८२ असोज  १५ गते १४:०३ २०८२ असोज १५ गते १४:०३
आईसीसी वरीयता : दीपेन्द्र चौथोमा यथावत्, ब्याटिङमा आसिफ र बलिङमा ललितको सुधार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसीले सार्वजनिक गरेको टी-२०आई अलराउण्डर वरियता अनुसार दीपेन्द्रसिंह ऐरी चौथो स्थानमा यथावत् रहेका छन्।
  • दीपेन्द्रले वेस्ट इन्डिजसँगको ३ खेलको शृंखलामा २ खेल मात्र खेलेका थिए र रेटिङ २०९ बाट २१४ मा बढाएका छन्।
  • पाकिस्तानका सायम अयुब शीर्ष स्थानमा उक्लिएका छन् भने ब्याटिङमा आसिफ शेख ७७औं र बलिङमा ललित ५१औं स्थानमा पुगेका छन्।

१५ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा चौथो स्थानमा यथावत् रहेका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र चौथोमा यथावत् रहेका हुन् । नेपालले भर्खर वेस्ट इन्डिजसँग ३ खेलको शृंखला खेलेको थियो ।

शृंखलामा उनले २ खेल मात्र खेलेका थिए । जहाँ उनको प्रदर्शन औसत मात्र रह्यो । रेटिङ २०९ बाट २१४ मा बढ्दा चौथोमा यथावत् रहेका हुन् ।

अलराउण्डर वरियताको शीर्ष स्थानबाट हार्दिक पान्ड्या दोस्रोमा खस्किएका छन् । पाकिस्तानका सायम अयुब शीर्षमा उक्लिएका छन् । तेस्रोमा अफगानका मोहम्मद नाबी छन् ।

यस्तै ब्याटिङमा आसिफ शेखको वरियता सुधार भएको छ । उनी ३ स्थान सुधार गरेर ७७औं स्थानमा पुगेका छन् । बलिङमा ललित ६ स्थान सुधार गरेर ५१औं स्थानमा पुगेका छन् ।

आईसीसी वरीयता दीपेन्द्रसिंह ऐरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय