
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानूपातिक समावेशीता स्वीकार गरेको बताएका छन्।
- उनीहरूले वर्तमान राजनीतिक नेतृत्वमा राजनीतिक इच्छाशक्ति र दलियाकरणप्रति शंका व्यक्त गरेका छन्।
- कतिपय नेताहरूले भ्रष्टाचार गरी सम्पत्ति थुपारेको भन्दै तेस्रो पुस्तालाई नेतृत्वमाथि खबरदारी गर्न आह्वान गरेका छन्।
१६ असोज, काठमाडौं । जेनजी नेताहरू गणतन्त्र, धर्मनिरपेक्षताको पक्षमा उभिएका छन् ।
उनीहरूले विज्ञप्ति निकालेर संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र पूर्ण समानूपातिक समावेशीता र अर्थपूर्ण सहभागीताको अवधारणालाई आफूहरूले स्वीकार गरेको बताएका छन् ।
आफूहरूले अहिलेको व्यवस्था भन्दापनि त्यसको नेतृत्वकर्तामा प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले विज्ञप्तिमार्फत् भनेका छन्, ‘हाम्रो शंका राजनीतिक नेतृत्व, राजनीतिक इच्छाशक्ति, दलीय नैतिककता, कार्यप्रणाली र व्याप्त दलियाकरण र दलतन्त्रप्रति हो । यसर्थ, हामी वर्तमान राजनीतिकर्मीलाई खबरदारी पनि गर्न चाहन्छौं ।’
कतिपय नेताहरूले देश लुटेर भ्रष्टाचार गरी सम्पत्ति थुपारेको भन्दै उनीहरूले दलका तेस्रो पुस्तालाई नेतृत्वमाथि खबरदारी गर्न र लुटेको धन फिर्ताको पहल गर्न समेत आह्वान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4