+
+
Shares

कारागारले भन्यो- भागेका कैदीबन्दीलाई आश्रय नदिनू

रासस रासस
२०८२ असोज १७ गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवलपरासी कारागारले भागेका कैदीबन्दीलाई आश्रय नदिन अनुरोध गरेको छ।
  • भदौ २५ गते ५४६ कैदीबन्दी भागेका थिए, जसमा २५१ जना हाजिर भइसकेका छन्।
  • असोज २० गतेसम्म हाजिर नहुने कैदीबन्दीलाई कारागार ऐन अनुसार कारबाही गरिने कारागार प्रशासनले जनाएको छ।

१७ असोज, नवलपरासी । भागेका कैदीबैन्दीलाई आश्रय नदिन कारागार कार्यायल नवलपरासीले अनुरोध गरेको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदीबन्दी भागेका थिए । उनीहरुमध्ये केही कैदीबन्दी कारागारामा फिर्ता (हाजिर) भइसकेका छन् ।

भागेका कैदीबन्दीलाई कसैले पनि आफ्नो घरमा लुकाउन छिपाउन तथा आश्रय नदिन कारागार प्रशासनले आग्रह गरेको छ ।

कसैले आश्रय दिएको वा लुकाए थाह पाएपछि उनीहरुलाईसमेत कसुरदार ठानी कारबाहीको प्रक्रिया अगाडि बढाइने कारागार कार्यालयका जेलर विकल श्रेष्ठले बताए ।

हाजिर नभएका कैदीबन्दीको हकमा कारागार कार्यायलले यही असोज २० गतेसम्म हाजिर हुनलाई अनुरोध गरेको श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘असोज २० गतेसम्म हाजिर नहुने कैदीबन्दीलाई कारागार ऐन, २०७९ र प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।’

नवलपरासी कारागारबाट भागेका कैदीबन्दीमध्ये पुरुष २१९ र महिला ३२ जना गरी सम्म २५१ जना हाजिर भइसकेको उनले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?