Comments Add Comment

४५ मिनेट गाउँदा ३५ लाख लिन्छन् हनी सिंह

honey

केही दिनयता मुम्बईको मनोरञ्जन बजारमा बलिउडका कलाकारको पारिश्रमिकबारे चर्चा चलिरहेको छ । प्राय जसो कुनै नायक नायिकालले फिल्मका लागि लिएको पारिश्रमिकबारे चर्चा हुने गरेको हो । बलिउडमै नायक नायिकाको पारिश्रमिकबारे जति चर्चा हुन्छ, गायक गायिकाबारे भने कमै चर्चा हुने गरेको छ ।

प्रायजसो नायक नायिकाले फिल्मका लागि मागेको पारिश्रमिकले बलिउडको मनोरञ्जन बजार तताउँछ । गायक गायिकाको मामलामा भने यसबारै कमै चर्चा हुने गरेको छ । जसरी नायक नायिकाको मूल्य तलमाथि भइरहन्छ, त्यसैगरी गायक गायिकाको मूल्य पनि तलमाथि भइरहने गरेको छ ।

बलिउडका स्टारको कमाईका खबर त तपाईंले पढिरहनु भएकै होला । के तपाईंलाई थाहा छ ? बलिउडका गायक गायिकाको कमाई कति हुन्छ । थाहा पाइराख्नोस्, बलिउडका गायक गायिकाहरु एउटा स्टेज शो या टुरका लागि कति पारिश्रमिक लिँदा रहेछन् ।

बलिउडमा अहिले दिनदिनै चर्चामा आइरहेका गायक हनी सिंह अहिलेका दिनमा आफ्नो एउटा शोका लागि लाखौं रुपैयाँ लिन्छन् । उनी ४५ मिनेटको एउटा प्रस्तुतिका लागि ३५ लाख भारतीय रुपैयाँ लिन्छन् ।
ओस्कार अवार्ड विजेता विश्वचर्चित संगीतकार एआर रहमान आफ्नो संागीतिक सदस्यका साथ एउटा शोका लागि एक करोड देखि दुई करोड भारतीय रुपैयाँसम्म लिन्छन् ।
बलिउडका ए र ए+ ग्रेडका गायक गायिकाले एउटा गीत रेकर्डिङ्ग गर्दा २० हजार भारुदेखि १ लाख रुपैयाँ सम्म पारिश्रमिक लिने गरेका छन् । कहिलेकाँही आफ्नो सम्बन्धका कारण गायक गायिकाले कतिपय गीत निशुल्क पनि गाउने गरेका छन् ।

अर्का गायक अरिजीत सिंह आफ्नो समूहका साथ एउटा शो गर्दा २५ देखि ३० लाख भारु पारिश्रमिक लिन्छन् । त्यसैगरी गायकहरु विशाल र शेखरको जोडीले आm्नो ब्यान्डका साथमा एउटा स्टेज शो गर्दा २५ देखि ३० लाख भारु पारिश्रमिक लिन्छन् ।

बलिउडको गायनमा भर्खर पाइला हाल्दै गरेकी गायिका शलमाली खोलडले नै एउटा शोमा गीत गाएवापत ५ देखि ७ लाख भारु लिने गरेकी छन् । यसले नयाँ  कलारकार पनि गायनबाट लाखौं कमाउँछन् भन्ने देखिन्छ । अर्का गायक अभिजीत भट्टाचार्य आफ्नो समूहका साथ एउटा शोमा गाउँदा १० लाख भारुसम्म पारिश्रमिक लिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment