News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो वार्म अप खेलमा कतारलाई १६ रनले हराएको छ।
- नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो।
- नेपालका करण केसीले ३ तथा नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १-१ विकेट लिए।
२० असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो वार्म अप खेलमा पनि जित हासिल गरेको छ ।
सोमबार बेलुका सम्पन्न खेलमा नेपालले कतारलाई १६ रनले हराएको हो । नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।
मुहम्मद तनभिरले ५१ तथा कप्तान मिर्जा बेगले ४० रन बनाए । नेपालका करण केसीले ३ तथा नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो । ओपनर कुशल भुर्तेलले ३३ बलमा ५६ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३८ तथा कुशल मल्लले अविजित ३८ रन बनाए ।
कतारका मुनिर साद र इक्रमुल्लाह खानले २-२ विकेट लिँदा आरिफ उल्लाह र मुजीब उर रेहमानले १-१ विकेट लिए ।
यसअघि नेपालले पहिलो वार्म अप खेलमा ओमानलाई हराएको थियो ।
प्रतिक्रिया 4