+
+
Shares

रौतहटमा बेपत्ता दुई बालिकाको शव भेटियो

गाैतम श्रेष्ठ गाैतम श्रेष्ठ
२०८२ असोज २१ गते १३:५९

२१ असोज, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच गाउँमा सोमबार बेपत्ता भएका दुई बालिकाको शव फेला परेको छ ।

स्थानीय रामदयाल रामकी १२ वर्षीया छोरी आरती र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारीको शव आज फेला परेको हो ।

हिजो दिउँसो खेतको पानी बग्ने ठाउँमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका थिए । निरन्तर खोजीपछि सुरक्षाकर्मीले आरतीको शव बिहानै फेला पारेका थिए भने अन्तिमाको शव केही टाढा जलकुम्भीमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यसैबीच, राजपुर नगरपालिका–८ बलुवा गोठ टोलमा गोनउर मियाको १० वर्षीय छोरा अरबाज मियाको पनि सोमबार दिउँसो लालबकैया नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीले बताए ।

हालसम्म रौतहटमा बाढीको पानीमा डुबेर ज्यान गुमाउनेको संख्या ४ पुगेको छ भने २ युवकको चटयाङ्गका कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?