
News Summary
Generated by OK AI. Editorially reviewed.- गीतकार जंग बहादुर राईको नयाँ गीत ‘म फसेछु कस्तो माया जालमा’ सार्वजनिक भएको छ।
गीतकार जंग बहादुर राईको नयाँ गीत ‘म फसेछु कस्तो माया जालमा’ सार्वजनिक भएको छ । यस गीतमा प्रेममा परेका व्यक्तिको भावना र सम्बन्धमा आएको उतारचढावलाई प्रस्तुत गरिएको छ । रचनात्मक शैली र आधुनिक संगीत संयोजनले गीतलाई थप मधुर बनाएको छ ।
यस गीतमा स्वर गायिका मेलिना राईले दिएकी छिन भने संगीत संयोजन वरिष्ठ संगीतकार शान्तिराम राईले गरेका हुन् । गीतकार जंग बहादुरको शब्द, शान्तिरामको संगीत, मेलिनाको मधुर स्वरले गीतलाई भावपूर्ण बनाएको छ ।
‘म फसेछु कस्तो माया जालमा’ ले विशेषगरी प्रेममा बाँधिने जोडीको मनोविज्ञानलाई कलात्मक तरिकाले चित्रण गरेको छ ।
जंग बहादुर राईको शब्द तथा संगीतमा लोक पप ‘ सुसेली हाल्यो वनैमा आज कोइलीले भाकेर’ बोलको गीत यस अघि सार्वजनिक भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4