+
+
Shares

चरिकोट-खाडीचौर सडक खण्डमा बस दुर्घटना, २१ जना घाइते

सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार चरिकोट-खाडीचौर सडक खण्डको सुनकोशी-७ पाँचकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १८:३३

२१ असोज, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको चरिकोट- खाड़ीचौर सडक खण्डमा बस दुर्घटना भएको छ ।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार चरिकोट-खाडीचौर सडक खण्डको सुनकोशी-७ पाँचकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

रामेछापको खाडादेवी गागलभदौरे ८ बाट चरिकोट हुँदै काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी लामोसाँघुबाट अशोक महतोको नेतृत्वमा ट्राफिक सहित गएको टोलीले घटनास्थल पुगेर चालक, ३ जना नाबालक समेत गरी २१ जना घाइतेलाई उद्वार गरी उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाइएको प्रहरीले जनाएको छ । सबै घाइतेहरूको अवस्था सामान्य रहेको कार्कीले बताए ।

हिमाल तराई यातायातको बस दुर्घटनामा परेपछि गाडीमा सवार यात्रुलाई लिन बनेपाबाट खाडीचौर बस पठाइएको हिमाल तराई यातायातका अध्यक्ष आत्मराम थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?