+
+
Shares

दशैं मनाउन गाउँघर गएकाहरू फर्किन थाले काठमाडौं (तस्वीरहरू)

कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा दशैं मनाएर संघीय राजधानी फर्कनेको भिडभाड देखिन्छ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ असोज २१ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैं मनाउन गाउँघर गएका सर्वसाधरण धमाधम काठमाडौँ फर्किन थालेका छन्।
  • कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा दशैं मनाएर संघीय राजधानी फर्कनेको भिडभाड देखिन्छ।
  • महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार काठमाडौँ उपत्यकामा भित्रिनेको चहलपहल बाक्लै छ।

२१ असोज, काठमाडौं। दशैं मनाउन गाउँघर गएका सर्वसाधरण धमाधम काठमाडौँ फर्किन थालेका छन् ।

विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छाडेर शहर पसेकाहरु दशैं मनाउन घर जाने गर्दछन् । यसवर्षको दशैं मनाउन कर्मथलो छाडेर आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दशै मनाएर कर्मथलोमा फर्कन थालेका हुन् ।

कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा दशैं मनाएर संघीय राजधानी फर्कनेको भिडभाड देखिन्छ।

काठमाडौँ उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो देखिएको छ । उपत्यकामा औषधि, खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार काठमाडौँ उपत्यकामा भित्रिनेको चहलपहल बाक्लै छ। बाक्लो सङ्ख्यामा सवारी साधन चले पनि ट्राफिक जाम नरहेको ट्राफिक प्रहरीको भनाइ छ ।

हेर्नुहोस् थप तस्वीरहरू : 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?