
News Summary
Generated by OK AI. Editorially reviewed.- पर्यटन व्यवसायी नवराज अमगाईंले सिंहदरबार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन्।
- अमगाईंले फेसबुकमा सिंहदरबार नेपालीले नै पुनर्निर्माण गर्नुपर्ने धारणा राख्दै आर्थिक सहयोग घोषणा गरेका थिए।
- अमगाईं थर्ड रक एडभेन्चर्सका प्रबन्ध निर्देशक र आर्यातारा होल्डिङ्सका अध्यक्ष हुन्।
२१ असोज, काठमाडौं । पर्यटन व्यवसायी नवराज अमगाईंले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
अमगाईंले ‘सिंहदरबार नेपालीले नै पुनर्निर्माण गर्नुपर्छ’ भन्दै कोषमा उक्त रकम सहयोग गरेको बताए ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको एक सातापछि ३० भदौमा फेसबुकमा ‘सिंहदरबार नेपालीले नै पुनर्निर्माण गर्नुपर्ने’ धारणा राख्दै आर्थिक सहयोग घोषणा गरेका थिए । घोषणा गरेको बराबर रकम उनले कोषमा जम्मा गरेका हुन् ।
सिंहदरबार पुनर्निर्माण केवल संरचना बनाउने अभियान मात्रै नभई गौरवशाली इतिहासको निरन्तरता दिने सतप्रयासका रूपमा व्याख्या गर्दै उनले यस पुण्यकर्ममा हातेमालो गर्न सबैलाई अनुरोध गरेका छन् ।
गोरखाका अमगाईं यसअघि भूकम्प तथा कोरोनाकालमा समेत सामाजिक कार्यमा सक्रिय रहँदै आएका थिए । व्यवसाय बाहेक पीडितको उद्धार तथा सिंगो क्षेत्रलाई लयमा फर्काउन भूमिका निर्वाह गर्दै आएका थिए ।
थर्ड रक एडभेन्चर्सका प्रबन्ध निर्देशक अमगाईं हस्पिटालिटी, जलविद्युत्, सिमेन्ट उद्योगमा लगानी तथा प्रवद्र्धन गरिरहेको कम्पनी आर्यातारा होल्डिङ्सका अध्यक्ष हुन् ।
उनको लगानी तथा नेतृत्वमा ओशिस काठमाडौं होटल, कैलाश बुटिक होटल, ठमेल बुटिक होटल, तुल्सी काठमाडौं होटल, शुभतारा स्विट्स एन्ड स्पा, होटल मुनलाइट र बर्गर ग्लोबल फाउन्डेसन सञ्चालमा छन् ।
प्रतिक्रिया 4