+
+
Shares

हिमाचल पहिरोमा १५ जनाको मृत्यु, मोदीले गरे राहतको घोषणा

सुदन किराती सुदन किराती
२०८२ असोज २२ गते १०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको हिमाचल प्रदेशको बिलासपुर जिल्लामा पहिरोले प्राइभेट बसमा आक्रमण गर्दा १५ जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा ९ पुरुष, ४ महिला र २ बालबालिका रहेका छन् भने २ बालबालिका उद्धार गरिएको छ।
  • प्रधानमन्त्री नरेन्द्र मोदीले मृतक परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

२२ असोज, काठमाडौं । भारतको हिमाचल प्रदेशको बिलासपुर जिल्लामा मंगलबार भएको भीषण पहिरोमा मृत्यु हुने १५ जनामध्ये २ जना बालबालिका र ४ जना महिला रहेका छन्।

समाचार संस्था पीटीआईका अनुसार, एक प्राइभेट बसमाथि पहाडबाट पहिरव खस्दा भएको घटनामा १५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ९ पुरुष, ४ महिला र २ बालबालिका छन्।

साथै, स्थानीय बासिन्दा र उद्धार टोलीले २ बालबालिकालाई बचाएका छन्।

यस दुर्घटनामा दु:ख व्यक्त गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवार र घाइतेहरूका लागि राहत रकमको घोषणा गरेका छन्।

प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘हिमाचल प्रदेशको बिलासपुरमा भएको दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु। यो कठिन समयमा पीडित परिवारप्रति मेरो सहानुभूति छ।’

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ।’

लेखक
सुदन किराती

लेखक नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?