+
+
Shares

‘कमेडी दरबार’ले थाल्यो पर्वतबाट फिल्म ’ककाकिकी’ छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिभी शो ‘कमेडी दरबार’ले निर्माण गर्न लागेको फिल्म ‘ककाकिकी’को छायांकन पर्वतको भूकदेउरालीबाट सुरु भएको छ।
  • फिल्ममा तृप्ती नाडकर, रेखा थापा, दीया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी र सुवर्ण थापा कलाकार छन्।
  • निर्देशक बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले निर्देशन गर्ने फिल्मको छायांकन तीन साता पर्वत र त्यसपछि काठमाडौंमा हुनेछ।

काठमाडौँ । टिभी शो ‘कमेडी दरबार’ले निर्माण गर्न लागेको फिल्म ‘ककाकिकी’को छायांकन सुरु भएको छ ।

बिहीवार शुभमुहूर्त गर्दै ३५ दिने तालिकासहित निर्माताले पर्वतको भूकदेउरालीबाट छायांकन थालेका हुन् । ३ साता पर्वतमा गाउँको परिवेशका दृश्य छायांकन हुनेछ ।

त्यसपछि काठमाडौंमा छायांकन गरिने निर्देशक बिक्की अग्रवालले जानकारी दिए । अभिनेत्री तृप्ती नाडकर, रेखा थापा, दीया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतका कलाकार अहिले छायांकनस्थलमा छन् ।

अभिनेत्री गौरी मल्ल केही दिनमा पुग्ने फिल्मकी सह-निर्देशक श्रद्धा प्रसाईंले जानकारी दिइन् ।

फिल्मलाई चर्चित कमेडी टिभी शो ’कमेडी दरबार’ टिमले निर्माण गर्न लागेको हो । शोका निर्देशकद्धय बिक्की र श्रद्धाले नै फिल्मलाई निर्देशन गर्दैछन् भने पटकथा लेखक पनि बिक्कीसँगै बिकास अर्याल र सरोज भण्डारी हुन् ।

छायांकारमा सुदीप बराल छन् । गत साउनको दोस्रो हप्तामा फिल्मको एक पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरिएको थियो ।

पोस्टरमा रेखा, गौरी, तृप्ती र अभिनेता महेश त्रिपाठीलाई अनौठो अवतारमा चित्रण गरिएको थियो । जुन पोस्टरका कारण पनि फिल्मको कथा रहस्यमय रहेको बुझन् सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?