+
+
Shares

शासकीय अव्यवस्था र भ्रष्टाचारविरुद्धको जेनजी विद्रोह (भिडियो)

इतिहासमा विरलै देखिने यस्तो घटना कसरी भएको थियो ? अनलाइनखबरका कमल प्रसाईंले आन्दोलनको मूल केन्द्र काठमाडौंका घटनाहरूलाई आफ्नो क्यामेरामा कैद गरेका छन् ।

कमल प्रसाईं कमल प्रसाईं
२०८२ असोज २३ गते २२:०८

२३ असोज, काठमाडौं । शासकीय अव्यवस्था, भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी युवाहरूको नेतृत्वमा नेपालमा भएको विद्रोहको बिहीबार एक महिना पुगेको छ ।

नवजवान युवाहरूको यो विद्रोहले नेपालमा मौलाइरहेको नेतातन्त्रको सत्तापलट भएको छ । अहिले चुनाव गराउनका लागि अन्तरिम सरकार गठन भएको छ ।

वर्षौंदेखि शासन चलाइरहेका दल र तीनका नेताहरूलाई एकैपटक सत्ताबाट बढार्ने दुई दिनको आन्दोलन नेपालका राजनीतिक आन्दोलनहरूको इतिहासमै नौलो हो ।

आन्दोलनमा जोडिएका मध्ये हालसम्म ७६ जना निहत्था नागरिकको ज्यान गइसकेको छ । सयौं नागरिक घाइते भएका छन् ।

आन्दोलनका क्रममा राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका मात्र होइन, राष्ट्रपति कार्यालयका मुख्य भवनहरू पनि जले ।

प्रहरी चौकीहरू आगो लागे । प्रहरीका हतियार र बर्दी खोसिए । नेताहरूका घर छानी छानी तोडफोड र आगो लगाइए । नागरिकमाथि दमन गर्ने शासकको आदेशअनुसार सुरक्षाकर्मीहरूले गोलीका वर्षा गराए ।

सडकमा एम्बुलेन्स जले । आगो लागेका भवन जोगाउन दमकल गुड्न सकेनन् । केही घण्टा राज्यविहीनताको भयभित अवस्था सिर्जना भयो ।

इतिहासमा विरलै देखिने एक महिना अघिको यो घटना कसरी भएको थियो ? अनलाइनखबरका कमल प्रसाईंले आन्दोलनको मूल केन्द्र काठमाडौंका घटनाहरूलाई  ड्रोन क्यामरामा कैद गरेका थिए ।

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?