+
+
Shares

बीपी राजमार्गमा रातभर काम, आजदेखि सञ्चालनमा ल्याउने तयारी

काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो र महत्वपूर्ण मार्गका रूपमा रहेको बीपी राजमार्ग असोज १७ र १८ गते आएको अविरल वर्षासँगैको बाढीपहिरोले क्षतिग्रस्त बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते ७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढीपहिरोले अवरुद्ध बीपी राजमार्ग शुक्रबारदेखि पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
  • काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि नेपालथोकसम्म डाइभर्सन निर्माण कार्य सम्पन्न भइसकेको छ।
  • सडक विभागका अनुसार, हालैको बाढीले राजमार्गका १६ स्थानका झन्डै ३.५ किलोमिटर डाइभर्सन बगाएको थियो।

२४ असोज, काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध बीपी राजमार्ग आज शुक्रबारदेखि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो र महत्वपूर्ण मार्गका रूपमा रहेको बीपी राजमार्ग असोज १७ र १८ गते आएको अविरल वर्षासँगैको बाढीपहिरोले क्षतिग्रस्त बनेको छ ।

विभिन्न स्थानमा डाइभर्सन बनाएर सडक सञ्चालनको तयारी गरिएको हो । अहिले डाइभर्सन बनाउने र सडक मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।

उनका अनुसार डाइभर्सन निर्माणको काम अन्तिम चरणमा पुगेकाले आज साँझसम्म यातायातका साधन सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

भौतिक पूर्वाधार, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले विहीबार सडक डाइभर्सन निर्माण कार्यको अवलोकन गर्दै शुक्रबार साँझसम्ममा यातायात सञ्चालनको वातावरण बनाउन निर्देशन दिएका थिए । उनको निर्देशनपछि गएराति अबेरसम्म निर्माण व्यवसायीहरुले काम गरिरहेका थिए ।

सडक विभागका अनुसार, हालैको बाढीले राजमार्गका १६ स्थानका झन्डै ३.५ किलोमिटर डाइभर्सन बगाएको थियो । यस्तै, गत वर्षको बाढीमा क्षतिग्रस्त भएपछि निर्माण गरिएको ५.३ किलोमिटर डाइभर्सन पनि पूर्ण रूपमा नष्ट भएको थियो ।

बीपी राजमार्ग विसं २०७२ मा जापान सरकारको २६ अर्ब जापानी येन र नेपाल सरकारको १.१ अर्ब लागतमा निर्माण गरिएको हो । निर्माण कार्य आर्थिक वर्ष २०५३÷५४ मा सुरु भई २०७२ असार १८ गते सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?