
News Summary
Generated by OK AI. Editorially reviewed.- हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले साहित्यतर्फको नोबेल पुरस्कार पाउने भएका छन्।
- स्विडिश एकेडेमीले प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूका कारण उनलाई पुरस्कार दिने निर्णय गरेको छ।
- क्राज्नाहोर्काइका कृति पाँच भाषामा प्रकाशित छन् र उनी हङ्गेरीका दोस्रो नोबेल पुरस्कार विजेता साहित्यकार हुन्।
२४ असोज, काठमाडौं । साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् ।
‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ ।
क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका छन् ।
बीबीसीका अनुसार नोबेल पुरस्कार पाउने उनी हङ्गेरीका दोस्रो साहित्यकार हुन् । सन् २००२ मा इम्रे केर्टेस पनि सो पुरस्कारबाट सम्मानित भएका थिए ।
सन् १९०१ देखि अहिलेसम्म साहित्यतर्फ ११८ पटक पुरस्कार प्रदान गरिएको छ भने १२२ साहित्यकार पुरस्कृत भएका छन् ।
प्रतिक्रिया 4